अखिल क्रान्तिकारी बाँकेले शिक्षण संस्थाहरुमा हुने बिकृतिको भण्डाफोर गर्ने

नेपालगन्ज,बाँके नेत्रबिक्रम चन्द बिप्लव नेतृत्व बिप्लव निकट भातृ संगठन अखिल क्रान्तिकारीले बाँकेमा शिक्षण संस्थाहरुमा हुने गरेका बिकृति र बिसंगतीहरुको भण्डाफोर गर्ने भएको छ । भर्खरै सम्पन्न जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिको बैठकबाट शो निर्णय गरेको हो ।

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबी शाहीले एक बिज्ञप्ती जारी गर्दै बाँकेका शैक्षिक माफिया र शैक्षिक शंस्थाहरुका बिरुद्ध बिभिन्न कार्यक्रम ल्याएको बताएका छन ।

उनले निजि बिद्यालय, प्राबिधिक कलेज, मेडिकल कलेजहरुले बिभिन्न शिर्षक र बहान बनाएर बिद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरी मोटो रकम अशुली गर्ने गरेको जन गुनासो आएकोले यसका बिरुद्ध संघर्ष सन्चालन गरी आवस्यक कार्वाही गर्ने समेत चेतावनी दिएका छन ।

साथै बिज्ञप्तीमा मन्टेस्वरी, ट्युशन सेन्टर, भाषा सेन्टरका नाममा बिद्यार्थीहरु माथि हुने गरेको शोषण र दलालिको भण्डाफोर गर्ने बताइएको छ ।

यस्ता छन कार्यक्रम