राजनीतिमा गुण्डाराज

नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह !  पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न मन्त्रीले खोज्छन्, न राष्ट्रपति र न  प्रधानमन्त्रीले ? पिडा त जसलाई चोट लाग्छ उसको परिवार र उही पिटीनेलाई ।

रुदा सुनेर विचरा भन्ने हुन् । एउटा युवाको चोटमा राष्ट्रिय अन्तर्राष्ट्रिय चोट परेको हुन्छ । त्यो राज्य र त्यसका नाइकेलाई के थाहा ? विदेशीसँग सहयोगको भिख मागेर हात फैलाउने र रक्सीका गिलास जुधाउने बाहेक के छ यो देशको अवसरवाद राजनीतिमा । ति चोटमा साथ दिने न त्यही पक्षका पत्रकार साथी, न पुलिस, न आर्मी, न पक्षका राजनीति यही अवसरवादको खेल हो नेपाल सरकार ?

२०७४ मंसिर महिनाको संघको चुनावमा भोर्ले ३ हाल पैँयू– ७ मा बुध एजेन्ट बसेको बेला सुदीप शर्मा बस्याल भात खान जाँदा नेपाली काँग्रेसका गुण्डा गेमी घर भएकाले पिटेका थिए । तिनै गुण्डा र दलाललाई ठेकेदार बनाएर स्कुलको भवन बनाउन लगाएका थिए त्यहाँका स्थानीयले । के नैतिकता त्यही हो ? सरकार किन मौन ? स्थानीय तहमा खै सरकारले निगरानी गरेको ? त्यसैले के सरकार युवाको रगत बगाएर उठेको हो ?

त्यतिवेलाको त्यो घाउ अझै बल्झिरहेको छ । ति चोटका दर्दले हाम्रो मुटुको टुक्रालाई रगतमा बगाएर मन्त्री होउन वा नहोउन त्यसको बदला चुक्क्ता गर्न नसक्ने राज्यले के देश विकास गर्ला ? विदेशीने युवालाई स्वदेशमा नै लगानी गर्न नसकी चोट र घाउमा  राख्ने र अरुलाई उठ्न नदिने ति लाजका पोकाले के इज्यत कमाएको छ वा विदेशसँग लम्पसार गरेर भिख मागेको छ ।

यसरी देशमा युवाको रगत बगाएर मन्त्री नबनऔं । जनता हो हामीलाई परेको चोट अरुलाई पर्न हुँदैन र ? दुश्मनका अगाडी केही गरेर देखाउने हो रुने होइन । बरु तरवार लिन सक्छौं । हामी हाम्रो भाइहरुका रगत बगाउने दुश्मनका अगाडी हार्दैनौं । त्यसैले नेपालको राजनीतिमा गुण्डागर्दी र अवसरवाद बाहेक अरु केही छैन । धोकेबाजहरु चेलीका घाउहरुलाई आफ्नो घरबार बनाउछन् ।

अवसरवादी राजनीतिले देश घेरेको छ । युवा आफैमा चेतनशील छैनन् । त्यसैले आफ्नो छोराछोरीका तस्बीर होइन, ति अवसरवादीका तस्बीर बोकेर हिड्छन् अन्धा आमाहरु । त्यसैले निर्दोश कलिला युवाहरुलाई कपट्टी गरी फसाउछन् आफ्नो रगतका नाता र अवसरवाद साथी तथा राजनीतिकका मान्छेहरुले ।

यसरी राजनीतिलाई राम्ररी निहाल्दा न्यायीक देखिदैन । लेखन एक रिर्पोटिङ पनि हो । यसमा सत्यता छ । नेपालको राजनीतिमा चोर,गुण्डा, फटाहा, दलाल बाहेक केही रहेनछन् । त्यसैले अबुझ झै बस्नु शिवाय के छ ? यहाँका स्थानीयहरु पैसा खान नपाएपछि निर्दोष सुदीप शर्मा बस्याललाई कुटाउन लगाएका थिए । घर वरीपरीका देखि अरुले देखेर नछुट्टाएर अझ कुकुर लडेको भनेर सम्बोधन गर्ने जंगली भालु भन्दा कम थिएनन्, ति अश्लिलताका  उपजहरु ।

के त्यो मानवियता हो ? के त्यो रिस र डाहा हो ? देशको राजनीतिमा युवाको वलिदान मागेर शासन नचलाऔं बरु युवा उठाऔं । गुण्डागर्दीको चलखेल नगरौं । दिदी बहिनीहरु र चेलीबेटीको इज्यत लुटेर राजनीति नगरौं । शैक्षिक न्याय र राजनीति जहाँ युवा सुरक्षित हुन, राष्ट्रिय र अन्तराष्ट्रिय ठाउँसम्म आफ्ना छोराछोरीको जर्गेना गरौं । यदि शिक्षित आमाबाहरु भए दुश्मनको नामको जय र केन्द्रका मन्त्रीहरुको फोटो होइन, आफ्ना छोराछोरीको इतिहासलाई मुटुमा सजाएर हिड्नपर्छ नत्र सन्ताननै नरहलान ।

त्यसैले फोहोरी राजनीति नहोस् आउँदा दिनहरुमा । दुश्मनले माफ मागुन र आफूले ऐना हेरुन । गल्तिको सजाय आफै लिई आफ्नो चिहान आफै बनाउन यदि मान्छे हो भने । त्यही अवसरवादमा आफैलाई मपाई गरी घाउको चोट नबुझ्ने
अवसरवादीले आफूलाई क्षेत्रिय र केन्द्रीय स्तरमा मपाई नभनुन् । एउटा निर्दोष युवा कुटिदा कुकुर लडेका भन्ने स्थानीयहरु कतिसम्म लाज पचेका र अमानवीय भन्ने त्यो कुनै दिनमा बताउँने छ । त्यसैगरी एजेन्ट कुटिदा जान नमिल्ने भन्ने आर्मी, पुलिस कतिसम्म गिर्दो रहेछ ।

यही हो सुरक्षाकर्मीको सुरक्षा र नैतिकता ? की घुसले काम गर्यो त्यति बेलाका सुरक्षाकर्मीहरुलाई ? त्यतिबेलाको सरकार र अन्य सम्बन्धित निकाय के हेरेर बसेका थिए ? कुनै भाइहरु दौड, धुप कुनै पिटिने के त्यहाँ मानवीयता थियो ? त्यो स्थानीय र आफ्ना भनाउदाहरुका अगाडी फोहोरी राजनीतिलाई मध्यनजर गर्दै मैले यथार्थ रिर्पोट तय गरे । भोली निर्दोष युवाहरुका इतिहास पुरिन नदिन लेखलाई कसैले टाल्न र निर्चोन नखोजुन आफ्नादेखि परका । त्यसैले आउँदा दिनहरुमा न्यायीक सरकार होस् हाम्रो पक्षमा ।

गाउँमा बसेर पिटन् लाइदिने ति छिमेकी, दलाल एक गिलास चियामा बिकिसके । अझै मुख मिलाएर कुरा र सहयोग नमागुन दुश्मनका समर्थकहरु ले । हामी हाम्रो भाइको चोटको घाउ बिर्सदैनौं र त्यो बल्झेको घाउलाई पक्कै एक दिन उठाउने छौं ।

सरकार किन मौन छ ? यही प्रश्न चारैतिरबाट उठ्छ । दलाल अनैतिक महिलाको ईशारामा देश चलेको छ । हत्या,हिंसा, बलात्कार र यो अनैतिकता कहिलेसम्म ? अब अवमानवीय शासन छोडे हुन्छ । अवसरवाद छ भने बरु अन्तराष्ट्रिय समानतामा देश चलोस् । साँच्चै भन्ने हो भने ति नरसंहारीलाई राम्रो भन्ने क्रुरले अझ रगत चुस्न खोजेका छन् । त्यसैले बौद्धिक जगतमा हिड्यौं । निर्दोष युवाको चोटलाई पुरेर राजनीति नगरौं ।

आज गाउँमा शिक्षित जनशक्तिको कमीले ति गुण्डाहरु मात्र पालिएका छन् । जसले चुनावमा निर्दोष युवा सुदीप शर्मा बस्याललाई नराम्रो गरी कुटेका थिए । ति जंगली गुण्डालाई कसरी शिक्षा दिने सत्यता र असत्यता के हो भनेर ? त्यसैले गाउँमा कुरौटे र कुरा लगाउने र जंगली बच्चा जन्माउने आमाहरु छन् । शिक्षित र आत्मनिर्भरताका आमा बनुन । त्यसपछि आफ्नो गाउँ शिक्षित र सभ्य बन्छ । त्यहाँ कोही यस्ता स्थानीय आफन्तवाद छ जसले आफ्नै चेलीका विपक्षमा लेखेर पैसा कमाएका छन् भने कोही कुरा लगाई पिटाएका घटना छन् ।

शिक्षा थोरै भएर यस्तो अवसरवाद इगो जन्मेको छ । फोहोरी राजनीतिले देशमा दिमागलाई सही बाटोमा हिड्न दिएको छैन । परिवार भाड्ने आफन्त, अवसरवादी, राजनीति शैक्षिक प्रमाणपत्र कोठामा थन्काउनुपर्ने, सक्कलीलाई नक्कली बनाई नराम्रो रिर्पोट बनाएर पेट पालिएका आफन्त बाहेक कोही भेटिदैनन् ।

त्यसैले देश र परिवार नै चपेटामा परेको छ । सत्यता लेख्ने सर्जकहरुलाई गाली, हेपाई र दुव्र्यवहारले खुशी र स्वतन्त्रता खोसेको छ । नाङ्गै बनाएर बिर्गान खोज्ने दुश्मनहरु पछि लाग्दछन्, गरी खान दिदैनन । गर्दागदैको काम खोसी दलालहरुलाई हस्तान्त्रण गर्छन् हाम्रो देशमा । इतिहास पल्टाएर खोजेपनि यि अक्षरहरुको स्वतन्त्रता खोसिदैन । त्यसैले असल साथित्वको गन्तव्य मिलोस् । दलालहरु टाढिउन र जंगली गुण्डाहरु हाम्रो वरपरी नआउन यही छ मेरो कामना ।

पैंयू गाउँपालिका ७, पर्वत  हाल ः कृर्तिपुर, काठमाण्डौ