समयमा उखु काट्न नपाउँदा कृषकलाई चिन्ता
प्रकासित मिति : २०७६ पुस १०, बिहीबार १७:४९
प्रकासित समय : १७:४९
उखु क्रसिङ (काट्ने र पेल्ने काम)मा ढिलाइ हुँदै जाँदा महोत्तरी जिल्लाका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।
जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले (एभरेष्ट चिनी उद्योग) पुस दोस्रो साता लागिसक्दासम्म उखु क्रसिङ नखोल्दा उखु कटानमा भएको ढिलाइले नयाँ बाली लगाउने समय घर्किन लागेपछि किसानलाई अहिले जग्गा बाँझो रहने चिन्ताले पिरोलेको हो ।
खुट्टीउखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) काटेर गहुँ र वैशाखी तरकारी बाली पुस तेस्रो साताभित्रै लगाइसक्नु पर्नेमा उखु क्रसिङ अझै नखुल्दा चिन्ता बढेको किसानको भनाइ छ । पुस तेस्रो साताभित्र बाली लगाउन नपाए पाँच महिना जग्गा बाँझो बस्ने उनीहरु बताउँछन् ।