बलात्कार !
किन बढ्दैछ, नेपालमा झनझन बलात्कार
किन बन्दैछन्, महिलाहरु दिनदिनै सिकार ।
के पाप भयो र महिलाले धर्तीमा जन्मेर
अब बाँच्नु छैन, हामीलाई जिउँदै मरेर ।
के पाउँछौं तिमिले, महिलाको ईज्यत लुटेर
बाँची रहेकाछौं हामी, भित्रभित्रै मुटु टुटेर ।
स्त्री हुन् लक्ष्मीको प्रतिक, जसले दियो महिला रुपी जन्म
तिनै महिलाहरुलाई गएर पूज, त्यही नै हो धर्म, कर्म ।
अहिले तिमी त्यही, स्त्रीको बलात्कार गछौं
त्यही भएर तिमिहरु जेलको कोठरीमा बस्छौ ।
महिला हो आमा, छोरी, श्रीमति र बहिनी पनि
अत्याचार गर्न छोडेनौं, जति जेलनेल भोगर पनि ।
तिमिले बलात्कार गर्न छोडेनौ, घरमा श्रीमती भएपनि
महिलाहरु खुशी हुन सकेनन्, तिमिले जति सुख दिए पनि ।
अब हामी बस्दैनौ, कसैलाई अंगाली
आफै बन्छौं सक्षम र अनि हुन्छौ सिकारी ।
अब सहने छैनौं घरमा, दास र अत्यचारी
खोज्छौ अधिकार, बन्छौं सबैको आज्ञाकारी ।
हामी पनि छैनौ, पुरुष भन्दा केही कम
अब देखाउँछौं तिमिहरुलाई पाखुरीको दम ।।
एल.आर.आई. स्कुल, कलंकी कक्षा ८