‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जना पक्राउ

काठमाडौं,महानगरीय अपराध महाशाखाको टोलीले बुधवार रत्नपार्क क्षेत्रबाट ‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका ३ थिप्ले घर भई हाल असन बस्ने ३० वर्षीय कुमार श्रेष्ठ रहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनको साथबाट प्रहरीले एक थान ह्यान्ड सेट समेत बरामद गरेको छ।

आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा श्रेष्ठसँग सोधपुछ गर्ने क्रममा उनले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको एसएसपी थापाले बताए।