चोरीको मोटरसाइकलसहित २ जना प्रहरीको फन्दामा

काठमाडौं , भक्तपुरबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव निरीक्षक रमेश राई नेतृत्वको टोलीले बा ६ प १४५० नम्बरको मोटरसाइकलसहित काभ्रे अनेकोट गाउपालिका –१ घर भइ हाल भक्तपुर ताथली बस्ने २० वर्षीय मनोज तामाङ र रामेछाप दोरम्बा बस्ने १८ वर्षीय अनिल तामाङलाई नियन्त्रणमा लिएको हो ।

चाँगुनारायण नगरपालिका – २ दुवाकोट मोडबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानको लागि वृत्त ठिमीमा राखिएको छ ।