एमसीसीबारे अनावश्यक बहस नगर्न नेपाललाई अमेरिकाको चेतावनी
प्रकासित मिति : २०७६ पुस १०, बिहीबार ०८:४९
प्रकासित समय : ०८:४९
अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ । एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ ।
नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको ५ वर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्विकार गरीसकेको छ । तर सत्तारूढ दलकै केही प्रभावशाली नेताहरूले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।