अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा शाही
नेपालगन्ज,बाँके विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिबी शाही चयन भएका छन । नेपालगन्ज बाँकेमा भएको २५ औँ जिल्ला सम्मेनबाट डिबी शाही सर्बसम्मत चयन भएका हुन ।

शैक्षिक माफिया, दलाल र लुटतन्त्रको विरुद्ध सशक्त विद्यार्थी आन्दोलन, सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी २५ औँ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले शाहीको नेतृत्वमा १७ सदस्य जिल्ला समिती चयन गरेको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सचिब सन्तोषी भट्टराईको प्रमुख आतिथ्य र बाँके जिल्ला इन्चार्ज मिशनको बिशेष आतिथ्यमा सम्मेलन सम्पन्न भएको बताइएकाे छ ।
त्यस्तै अथितीहरुमा बाँके जिल्ला सेक्रेटरी सुनिल सिहँ, अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा भेरी(कर्णाली ब्युरो इन्चार्ज पुष्पराज न्यौपाने, केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज मदन चन्द संगठनका बर्दिया जिल्ला संयोजक हरिशंकर, काठमाडौं जिल्ला कमिटी सदस्य राकेश लगाएतको उपस्थिती रहेको थियो ।
सम्मेलनवाट निर्बाचित अन्य पदाधिकारी र सदस्यहरुको नाम भने गोप्य राखिएको अध्यक्ष शाहीले जानकारी दिए । शाहीले बाँके जिल्लाको शैक्षिक क्षेत्रमा भएका किकृति र बिसंगतीहरुको बिरूद्भमा शसक्त ढंगले आन्दोलन गर्ने बताए । अध्यक्ष शाहीले शैक्षिक माफियाकाे बिरूद्भमा लडनुका साथै राष्ट्रियता र जनजिबिकाको सवालमा अबको आन्दोलन हुने समेत बताए ।

