प्रतिपक्षमा बसेर सडक आन्दोलन थाल्ने भट्टराईको चेतावनी

काठमाडौं,समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन गर्ने बताए ।

‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन। अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ।

अब सडक आन्दोलन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ।’ प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न नमानेपछि समाजवादी पार्टीबाट मन्त्री बनेका यादव र मोहम्मद इस्तियाक राईले मंगलबार राजीनामा दिएका थिए। समाजवादीले बुधबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।