अज्ञात समूहले वडा कार्यालयको सामग्री जलायो
प्रकासित मिति : २०७६ पुस ९, बुधबार १०:४३
प्रकासित समय : १०:४३
रुकुम पश्चिम,आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयको सामान जलाइएको छ । सोही नगरपालिकाको भयाउनेमा रहेको कार्यालयका सामान अज्ञात समूहले मंगलबार राति १ बजे जलाइदिएको हो । कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलेका छन ।
कार्यालयको सामग्री कोठाबाहिर निकालेर आगो लगाइएको प्रहरीले जनाएको छ । वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए ।
वडा कार्यालय एकान्तमा छ। फर्निचरको साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलाइएको वडाध्यक्षगंगाराम चनाराले जानकारी दिए।