नेपालगन्जदेखि भारतको विभिन्न शहरमा बस संचालन
बाँके, नेपालगन्जदेखि हरेक दिन भारतको विभिन्न शहरमा सुलभ र आरामदायी यात्राका लागि बस संचालनमा आएको छ । नेपालगन्जमा केन्द्रिय कार्यालय खोली भारतको विभिन्न शहरमा आरामदायी यात्राका लागि बस संचालनमा ल्याएको हो ।
नेपालगन्जको कारकाँदोमा केन्द्रिय कार्यालय उद्घाटन गरि अम्बेकेश्वरी मल्टी यातायात प्राली नेपालगन्जले सो सुविधा प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले उक्त कार्यालयको रिवन र बैनबत्ति बाली उद्घाटन गरे । उद्घाटन शत्रमा बोल्दै पत्रकार महासंघका अध्यक्ष थारुले नेपालीले भारतमा कमाएको पैसा बाटोमा लुटने डर अब हट्ने दावी गरे ।
हरेक बर्ष बाटो मै नेपाली लुटिनुपर्ने समस्या हट्ने भन्दै भारतमा कमाएको पैसा नेपालीले सहज तरिकाले नेपालसम्म ल्याउन नसकेको स्थिती अव हट्ने जिकिर गरे । नेपालबाटै बस चढ्न पाउने र आउँदा पनि नेपाली नागरिककै गाडीमा नेपालसम्म आउन पाउने भएपछि बाटोमा लुट्ने ठग्ने बातावरण हुन नसक्ने उनको धारणा थियो ।
नेपाली चालकले लैजाने गाडीमा नेपाली यात्रुलाई सहज बनाउने उद्देश्यका साथ नेपालदेखि भारतका हरेक कुना कुनामा लैजाने वातावरण सृजना गरेको अम्बेकेश्वरी मल्टी यातायात प्राली नेपालगन्जका अध्यक्ष भद्र बहादुर ओलीले जानकारी दिए ।
नेपालका विभिन्न शहरबाट भारतका हरेक कुना कुनामा नेपालीलाई सहज यात्राका लागि ३२ वटा गाडी संचालन गरेको अध्यक्ष ओलीले बताए । फोर्स गाडी ३० वटा र ठुलो बस २ वटा हरेक दिन २ पटक भारत आवतजावत गर्ने वातावरण मिलाएको उनले जानकारी दिए । भारतमा कमाउन गएका जति पनि नेपालीलाई सहजता प्रदान गर्न नेपालबाट यातायात संचालन गरेको उनको भनाइ थियो । १३ वटा समितिसंग सहकार्य गरि यातायात संचालनमा ल्याएको ओलीले बताए ।
यात्रुलाई सहजता प्रदान गर्न अम्बेकेश्वरी मल्टी यातायात प्राली नेपालगन्जले नेपाल र भारतका विभिन्न प्राली र ट्रभल्ससंग सहकार्य गरि संचालन ल्याएको गोपाल शर्माले बताए । नेपालगन्जदेखि हरेक दिन भारतको हरियाणा, पंजाव, हिमाचल, किनोर लगायत भारतका हरेक शहरसम्म सेवा प्रदान गर्नको लागि अम्बेकेश्वरी मल्टी यातायात प्राली संचालनमा ल्याएको उनकाे भनाइ थियाे ।
नेपालगन्जदेखि दाङ, सल्यान, रुकुम, सुर्खेत र काण्माण्डौंसम्मका लागि दिवासेवा र रात्री सेवा उपलव्ध गराएको बताइएकाे छ । अम्बेकेश्वरी मल्टी यातायात प्राली नेपालगन्जको समितिमा हरि ओली, विवाद पाठक, भिम बहादुर सुनार, राम गिरी, देवराज भण्डारी, रामकुमार विक, गोपाल खडका, मनविर राना, जिवन शर्मा, अरुण मगर लगायतको टिम रहेको छ । कार्यक्रममा सहभागि पत्रकारलाई मायाको चिनो र दोसल्लाले सम्मान गरिएको थियो ।