चिसोबाट बचाउन वन कार्यालय बाँकेले बितरण गर्यो निशुल्क दाउरा
प्रकासित मिति : २०७६ पुस ८, मंगलवार २२:२५
प्रकासित समय : २२:२५
नेपालगन्ज,बाँके केहिदिन यता बढेको शितलहरलाई मध्यनजर गर्दै नेपालगन्ज डिभिजन वन कार्यालय बाँकेले निशुल्क रुपमा दाउरा बितरण गरेको छ । गत पुस १ गतेदेखि निरन्तर रुपमा परिरहेको शितलहरबाट स्थानिय, सेवाग्राही तथा बटुवाहरु जाडोले कठ्याङ्ग्रीरहेको बेला डिभिजन बन कार्यालयले दाउरा बितरण गरेको हो ।
शितलहरका कारण अत्याधिक चिसो बढेकोले चिसोबाट सेवाग्राही, यात्रु तथा स्थानियलाई राहत दिनकालागी निशुल्क दाउरा बितरण गरेको डिभिजन बन कार्यालयले बताएको छ ।
कार्यलयका अनुसार नेपालगन्जका विभिन्न चोक, यात्रुप्रतिक्षालय, बसपार्क, प्रहरी बिट तथा सेबाग्राहिको चाप बढी हुने सरकारी कार्यालयहरुमा निशुल्क दाउरा बितरण गरिएको छ ।