पत्रकार वलीलाई आक्रमणको प्रयास,बाँकेमा असुरक्षित बन्दै पत्रकार
प्रकासित मिति : २०७६ पुस ८, मंगलवार ११:१८
प्रकासित समय : ११:१८
कोहलपुर,मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण गर्ने प्रयास भएको छ । सोमबार राति नियमित काम सकेर घर जानेक्रममा अज्ञात समुहद्धारा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण गर्ने प्रयास भएको हो ।
सोमबार राति १०ः ३० बजे कोहलपुरबाट नेपालगन्ज जादै गर्दा बुलेट बाईक र अर्कोको एक मोटरसाइकलले पछ्याउँदै राँझासम्म पुगेका थिए वलिले भने, उनीहरुले म माथि आकमण गर्ने प्रयास गरेपछि नेपाल प्रहरिको बिटमा सुरक्षा मागेकाे ओलिले बताए ।
पछिल्लो समय बाँकेमा पत्रकारहरु असुरक्षित बन्दै गएका छन् । केही दिनयता पत्रकारहरु माथि नै आक्रमणको प्रहार भएपछि पत्रकारहरु असुरक्षित बन्दै गएका हुन् । केही दिन यता काचुली खबरका कार्यकारी सम्पादक संगिन शर्मा घाइते भएका थिए ।