जब २७ दिन देखी हराईरहेकी बालिका मृत अवस्थामा भेटिईन
अछाम, अछामको कमलबजार नगरपालिका वडां नं ७ जामाकी १६ बर्षिया बासु जैसी मृत अवस्थामा फेला परेकि छन् ।गत मंशिर १० गते देखी हराईरहेकी जैसी २७ दिन्छ स्थानिय महिलाले घास काट्न जाने क्रममा कमलबजार नगरपालिका वडां नं ६ को उराईटी वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक जैसीको जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरी आफन्तलाई शव बुझाईएको अछामका प्रमुख तथा प्रहरी नायब उपरिक्षक (डिएसपी) दीपक भारतीले बताए ।
घटनाबारे थप अनुसन्धान भैरहेको र पोष्टमार्टम पछि मात्र रिपोर्ट अनुसार आवश्यक अन्य अनुसन्धान गरीने डिएसपी भारतीले जानकारी दिए ।
मृतक जैसि मंसिर १० गते दिउसो ३ बजे तिर आमाले काटेको घाँस ल्याउन भन्दै करिब डेढ घण्टा टाढा बजेडी चिलिमे वनतिर गएकी थिईन् । आमासंग भेट नभई आमा घर फर्केको तर छोरी नआएपछि सोही दिनदेखि खोजी कार्य थालिएको मृतकका बुवा गंगाराम जैसीले जानकारी दिए । मानसिक अवस्था अलि ठीक नभएको भनिएकी उनको आफन्तले छिमेकी ढकारी गाउँपालिका तथा मंगलसैन नगरपालिकाका विभिन्न वन क्षेत्रमा समेत खोजी गरेका थिए ।