गुडीया बनाई आत्मनिर्भर बनाउने तालिम सम्पन्न

म्याग्दी, बेनी, प्रदेश ५ को म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा गुडीया सजावटका सामान बनाउने तालिम आज सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा तालिम सञ्चालन भएकाे हाे ।

बेनीको धवलागिरी गाउँपालिका घर भई हाल बेनीमा बस्दै आएका प्रायोजित बालबालिकाका अभिभावकहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको संगमकी उद्यम विकास अधिकृत धनमाया किसानले हामीलाई जानकारी दिएकी छिन् । उनका अनुसार १० दिनसम्म सञ्चालित तालिममा १० जनाको सहभागिता रहेको थियो ।

कपडाबाट विभिन्न किसिमका सजावटका सामान (डल, गुडीया) बनाउने विषयमा मैनाकुमारी राईले सहभागिलाई ब्यवहारिक तथा सैद्धान्तिक विषयमा सहजिकरण गरिएको थियो ।

पुष ५ गते शनिबार परियोजनाका प्रायोजन सहयोग अधिकृत सुर्यमान नगरकोटीको उपस्थितिमा तालिमको समापन गरिएको थियो । घरायसी कामबाट बचेको फुर्सदको समय र सिपको सदुपयोग गरेर आयआर्जनमुलक काममा टेवा पुर्याउनुका साथै आत्मनिर्भरमा अग्रसर गराउने तालिम पनि हो ।