सिद्धबाबा भनिने कृष्णदासलाई पुन: ३ दिनको म्याद थप
प्रकासित मिति : २०७६ पुस ७, सोमबार १९:३२
प्रकासित समय : १९:३२
इटहरी,जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक थप ३ दिनको म्याद थप गरिएको छ ।
सुनसरी जिल्ला अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ ।
गिरीलाई ८ नं. इजलासका न्यायाधिस मणिराम न्यौपानेले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् । गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । म्याद थपसगै उनलाई फेरी बिराटनगर फर्काेइएको छ ।