जनकपुरको बीच सडकमा शंकास्पद वस्तु

धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो ।

बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै देखि सो क्षेत्रको अवागमन ठप्प बनेको छ । उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रयास गरिरहेको छ ।