चिसो बढेपछि प्रहरीले मिलायो आगो ताप्ने व्यवस्था
प्रकासित मिति : २०७६ पुस ७, सोमबार १९:०४
प्रकासित समय : १९:०४
रौतहटमा चिसो बढेसँगै प्रहरीले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएकाे छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको हो ।
चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाे छ । यससँगै इलाका प्रहरी कार्यालयले वन कार्यालयसँग समन्वय गरी आगो ताप्ने व्यावस्था मिलाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटुवालले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गत शुक्रबारदेखि जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको उनले बताए ।
प्रहरीको पहलमा सार्वजनिक स्थानमा आगो बालिएसँगै स्थानीय सर्वसाधरणको भिड लाग्ने गरेको छ । यसलाई केही दिनसम्म निरन्तरता दिन जिल्ला वन कार्यालयसँग प्रहरीले साझेदारी गरेको कटुवालले जानकारी दिए ।