चार केजी यार्सागुम्बासहित तीनजना भारतीय नागरिक पक्राउ
प्रकासित मिति : २०७६ पुस ७, सोमबार १९:३८
प्रकासित समय : १९:३८
काठमाडौं,काठमाडौं ल्याउँदै गरेको चार केजी एक सय १३ ग्राम यार्सागुम्बासहित दुई भारतीय र एक नेपालीसहित तीन जनालाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ।
दार्चुलाबाट आएको भारतीय नम्बर प्लेटको कारमा फल्स बटम बनाएर उक्त यार्सागुम्बा काठमाडौं ल्याउँदै गरेको अवस्थामा बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा एक केजी यार्सागुम्बाको मुल्य १८ लाखदेखि ३० लाख रुपैयाँसम्म पर्ने जनाइएको छ।
यार्सागुम्बा खरिद विक्रीको कुनै कानुनी कागजात पत्र नरहेको प्रहरीको दावी छ। यार्सा पश्चिम नेपालको हिमाली क्षेत्रमा पाइने जडिबुटी हो। पक्राउ पर्ने नेपाली नागरिकमा दार्चुलाका गजै सिंह महरा रहेका छन्।