काठमाडौंबाट ९९ चिनियाँ नागरिक पक्राउ

काठमाडौं,प्रहरीले काठमाडौंका विभिन्‍न स्थानबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई विभिन्‍न शंकास्पद गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले बताए।

बाँसबारीमा रहेका केही घरहरुमा शंका लागेर छापा मारी प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेको र यो संख्‍या अझै बढ्न सक्ने बताइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु बैंक ह्याकिङ्ग लगायतका गतिविधिमा संलग्न भएको आशंका गरिएको छ। प्रहरीले यसअघि बैंक ह्याकिङ्ग गरी करोड बढी रकम लुट्ने चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।