वर्षकै छोटो दिन आज

काठमाडौं- आज डिसेम्बर २२ तारिख । वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठीक उल्टो रात छोटो र दिन लामो हुन्छ ।

पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ ।

साढे १० घण्टा मात्रै उज्यालो हुने आज थोरै समयमात्र घाम लाग्ने छ । चिसो मौसमका कारणले पनि नेपालका अधिकांश स्थानमा घाम धेरैबेर देखिन छाडेको छ। भोलीदेखि विस्तारै दिन लामो र रात छोटा हुँदै जाने छ । यसको महशुस हुन कम्तिमा १५ देखि २० दिन लाग्नेछ । डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुनेगर्छ ।