प्रहरी हिरासतबाट भागे थुनुवा

काठमाडौं,महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा फरार भएका छन् । आइतबार(आज) विहान पाँच बजेतिरको सयममा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् ।

हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका प्रहरीले जनाएकाे छ ।