लक फुटाएर मोटरसाइकल चोरी गर्न खोज्ने ४ जना पक्राउ
प्रकासित मिति : २०७६ पुस ५, शनिबार १९:२०
प्रकासित समय : १९:२०
पर्सा । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका-६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, सोही नगरपालिका-५ मलहनिया बस्ने १८ वर्षीय आशा चौधरी, करहियामाई गाउँपालिका-५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेका छन् ।
उनीहरुलाई पर्सा वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट मोटरसाइकल चोरीमा प्रयोग गरिने मास्टर साँचो १ थान र प्लक २ थान सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।