कश्मीरको मस्जिदमा ५ महिनापछि पहिलो प्रार्थना

श्रीनगर,कश्मीरको ऐतिहासिक मुख्य मस्जिदमा पाँच महिनापछि पहिलो पटक प्रार्थना गरिएको छ । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गर्दै सेना परिचालन गरेपछि यहाँको जनजीवन प्रभावित बन्दैआएको छ । अगस्ट ५ मा संविधानको धारा ३७० हटाएपछि नै कश्मीरमा केन्द्र सरकारले सेना खटाएको छ ।

त्यसयता मस्जिद जान नपाएका हजारौं कश्मीरीहरुले श्रीनगरस्थित जमिया मस्जिदमा शुक्रबारे प्रार्थना गरेका हुन् । १३औं शताब्दिको उक्त मस्जिद भारतको केन्द्र सरकारले कश्मीरलाई नियन्त्रणमा लिएपछि बन्द नै थियो । भारत सरकारले यहाँ टेलिफोन लाइन काट्नुका साथै इन्टरनेट सेवा पनि बन्द गरिदिएको छ ।