जब सरकार आएर एकाएक घर भत्काउन थाल्यो……(फोटोफिचर)

नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँको बस्ती भत्काइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर वडा कार्यालयले भत्काएको हो । विद्यालयको नाममा लालपूर्जा रहेको कित्ता नम्बर २, ३ र ८ को तीन विगाह सात कठ्ठा १४ धुर जग्गामा बनेका सुकुम्बासीका घर टहरा  जिल्ला प्रशासन कार्यालयले भत्काएको हो ।

सुकुम्बासीका नाममा जग्गा अतिक्रमित भएपछि विद्यालयका नियमित गतिविधि सञ्चालनमा समस्या भएको भन्दै विद्यालयले गृह मन्त्रालयमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि परिपत्र गरेको थियाे ।

गृह मन्त्रालयले जग्गा खाली गर्न आवश्यक कारबाहीका लागि परिपत्र गरेपछि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएर अतिक्रमित जग्गा १५ दिनभित्र खाली गराउने निर्णय गरेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले अतिक्रमित जग्गामा बनाइएका खाली घर र भाडाका घर ७ दिनमा र अन्य घरहरु १५ दिनमा खाली गराउने निर्णय गरेको नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । जग्गा वि.स २०३६ सालमा विद्यालयको नाममा श्रेस्ता कायम भएको थियो । पुर्जा बनेपछि नियमित रुपमा मालपोत तिर्दै आएको विद्यालयका प्रध्यानध्यापक प्रकाश आचार्यले बताए । समय समयमा जग्गा छाड्नको लागि स्थानियहरुलाई जानकारी गराउँदा पनि अटेर गरेपछि डोजर नै लगाउनु परेकाे उनको भनाइ छ ।

सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरिरहेका व्यक्तिहरुले अतिक्रमित जग्गा छोड्न अटेरी गरेपछि प्रशासण लगाएर घर टहरा भत्काएको हो ।

बस्ति भत्काउँदा केहिबेर स्थानिय र प्रहरी,कर्मचारीकाे बिवाद भएकाे थियाे । बस्ति भत्काउँदै गर्दा एकजना महिला बेहाेस समेत भएकी थिइन । स्थानियले बिकल्प नदिइ सरकारले नै यस्ताे गर्नु जनतामाथि बर्बरता गर्नु हाे भन्दै बिराेध गरेका थिए । 

घर भत्काउँदा बेहाेस एक महिला