प्रचण्डपत्नी दाहाल उपचारका लागि हरिद्वार रामदेवको आश्रममा
काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ ।
प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि लगिएको जानकारी दिएकी हुन् । गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सीता र आफु योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।
प्रचण्डको पारिवारिक स्रोतका अनुसार आयुर्वेदिक उपचारका लागि गंगा र सीता दाहाल बिहीबार हरिद्धार गएका हुन् । आइतबार सम्ममा सीता र गंगा नेपाल फर्कने छन् ।
सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । जसका कारण ब्रेनमा समस्या देखिने र स्नायु तन्तुहरुमा रहेको प्रेटिनमा गडबडी हुने गर्दछ । साथमा नेकपाका नेता मातृका यादव पनि रहेका छन् ।
तस्बिरः गंगा दाहालको फेसबुकबाट