एकाबिहानै शीतलहरले यस्तो देखिन्थ्यो नेपालगन्ज एयरर्पोट
नेपालगन्ज,पछिल्लाे समय बाँकेमा शीतलहर सुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण मंगलबारबाट अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । बाक्लाे हुस्सुका कारण नेपालगन्ज एयरपाेर्टमा पनि प्रभाब परेकाे छ । हुस्सुका कारण जहाज उडानमा समास्या परेकेा छ ।
शनिबार र आइतबार परेको वर्षापछि सोमबार घाम लागेको थियो तर मंगलबारदेखि अत्यधिक जाडो बढेपछि नेपालगन्जका सडकमा हिँड्डुल गर्न मुश्किल परेको छ ।
चिसो हावामा पानीको मसिनो थोपा खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगन्ज का अनुसार मंगलबारदेखि शीतलहर सुरु भएको बताएइएको छ ।
बुधबार वर्षकै चिसो
यस वर्षको सबैभन्दा बढी चिसो बुधबार मापन गरिएको छ । नेपालगन्जमा बुधबार न्यूनतम तापक्रम ११ दशमलव ५ र अधिकतम तापक्रम १३ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगन्जले जनाएको छ ।
मंगलबार अधिकतम १५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार सापेक्षित आद्रता ९५ रहेको थियो । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी भएको हो ।