यसकारण‘पुलिस अफ द मन्थ’ बाट पुरस्कृत भए इन्सपेक्टर ईन्द्रजित
प्रकासित मिति : २०७६ पुस ३, बिहीबार २०:३४
प्रकासित समय : २०:३४
नेपालगन्ज,बर्दिया इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रमुख, प्रहरी निरीक्षक ईन्द्रजित सुनार कार्यालय प्रमुखतर्फ मंसीर महीनाको ‘पुलिस अफ द मन्थ’बाट पुरस्कृत भएका छन्।
बिहिबार जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक सुनारलाई बर्दिया प्रहरी प्रमुख, एसपी राजेशनाथ बाँस्तोलाले पुरस्कृत गरेका हुन ।
अपराध अनुसन्धानमा तदारुकता, शान्ति सुरक्षा कायम, फरार अभियुक्त पक्राउलगायतका समग्र कार्यसम्पादनको आधारमा ‘पुलिस अफ द मन्थ’ चयन गरेर पुरस्कार प्रदान गर्ने गरिन्छ।
इन्सपेक्टर सुनारले गएको २३ साउनमा इप्रका मोतिपुरको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यसबीचमा इप्रका मोतिपुरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १०१ कार्यक्रम गरेको छ भने १२ जना फरार अभियुक्त प्रक्राउ परेका थिए ।