पचालझरनामा स्वास्थ्य तथा सरसफाईका लागि १ दिने समिक्षा कार्यशाला
कालिकोट। कालिकोटको पचालझरना गाउँपालिकामा स्वास्थ्य तथा खानेपानी सरसफाई,स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाको बार्षिक समिक्षा कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा १ दिने समिक्षा कार्यशाला सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहभागिता र पचालझरना गाउँपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी कालिकोटको आयोजनामा स्वास्थ्य तथा खानेपानी ,सरसफाईका लागि १ दिने समिक्षा कार्यशाला सम्पन्न भएको रेडक्रस सोसाइटी पचालझरनाका संयोजक बिर्ख बिश्वकर्माले जानकारी दिए ।
बिश्वकर्माका अनुसार नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य प्रवद्र्धनका लागि निरन्तर खटिरहेको छ । १ दिने समिक्षा कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिकाको स्वास्थ्य तथा सरसफाईको लागि रेडक्रसले लिएको पहलकदमी निक्कै प्रशंसनिय रहेको बताएका थिए । अध्यक्ष सेजुवालले रेडक्रसलाई धन्यबाद दिनुका साथै निरन्तर सहकार्य हुनेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने रेडक्रसका सिईएचपि कार्यक्रम उप निर्देशक राजकुमार क्षेत्रिको समेत सहभागिता रहेको थियो ।
बार्षिक समिक्षा कार्यक्रमको सहजीकरण अधिकृत शैलेस श्रेष्ठले गरेका थिए भने कार्यक्रममा बिभिन्न वडाबाट आमा समुह ,महिला स्वास्थ्य स्वमसेविका, जनप्रतिनिधि उपभोक्ता समिति वडा स्तरिय खानेपानि सरसफाई स्वच्छता समन्वय समिति स्वास्थ्य संस्था स्कुल गापाका विभिन्न फाटका कर्मचारीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपािलकामा स्वास्थ्य क्षेत्रमा भएकाे प्रगतिका बारेमा समेत ब्यापक छलफल भएकाे बताइएका छ ।