शीतलहरले विद्यालय बन्द
प्रकासित मिति : २०७६ पुस ३, बिहीबार ११:५३
प्रकासित समय : ११:५३
धनगढी,शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ। महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो।
सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए। वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी २ दिन बिदा दिने निर्णय भएको उनले बताए।