धार्मिक सहिष्णुता कायम गर्न बिद्यार्थी र एकल महिलालाई न्यानो कपडा वितरण

कृष्णनगर,कपिलवस्तु, धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्थाले बिपन्न बिद्यार्थी र एकल महिलालाई न्यानो कपडा वितरण गरेकाे छ । 

कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिकाका केहि समुदायिक विद्यालय र मदरसाहरुमा अध्यनरत असहाय गरिब,बिपन्न,पिछडा वर्गका लगभग ५ सय बिद्यार्थी र लगभग ४ सय जति एकल महिलालाई जाडोमा लगाउने कपडा बितरण गरिएको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफीले जानकारी दिए ।

अलकुफीका अनुसार कार्यक्रमका प्रमुख अतिथी ५ नंप्रदेशका सामाजिका बिकास मन्त्री सुदर्शन बराल थिए भने बिशिष्ट अतिथी युएइका राजदूत संईद हमदान नकवी,साउदी अरबका राजदुत डा.मुसाइद बिन सुलेमान अलमलवी रहेका थिए । त्यस्तै अतिथिहरूमा नेकपा ५ नं।प्रदेश समिती सदस्य मिर्जा अरशद बेग, नेकपाका कृष्णनगर नगरसमिती अध्यक्ष जाबेद आलम खा शेख खुर्शीद अहमद ,महमूद आलम लगायत अन्य संघ संस्थाका प्रमुखहरु रहेकाे बताइएकाे छ ।

उक्त कार्यक्रयमा प्रमुख अतिथि सामाजिका बिकास मन्त्री बरालले उक्त कार्यले सामाजिक उतरादायित्वको भुमिका निर्बाह गर्न संघ संस्थाहरूले यस्ता काम गर्नुपर्ने बताएका थिए । बरालले मदरसा मार्फत मुस्लिम समुदायले गरेको योगदानको उल्लेख्य प्रशंसा समेत गरेका थिए ।