मिर्गौला रोगवाट पिडित केसिको उपचारको लागी बागेश्वरी क्याम्पसका कर्मचारीले गरे सहयोग

कोहलपुर, मिर्गौला सम्मब्धि रोगवाट पिडित टेकलाल कोहलपुर वडां नं. १२ का टेकलाल केसीलाईलाई बगेश्वरी क्याम्पस कोहलपुरका कर्माचारीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल दुवै मिर्गौला फेलभई उपचारको प्रक्रियामा रहेका केसीलाई क्याम्पसका कर्मचारीहरुले ७ हजार १ सय रुपैया सहयोग गरेका हुन् । उनको उपचारमा थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको बागेश्वरी क्याम्पस कर्मचारी संगठनका अध्यक्ष शिब रेग्मिले वताए । साथै आ-आफ्नो क्षेत्रवाट सके जति सहयोग गर्न आग्रह समेत गरेका छन् ।

मिर्गौला रोगवाट पोडित केसी बागेश्वरी क्याम्पस कोहलपुरका निबर्तमान स्ववियु सभापति समेत हुन् । उनलाई यस अधी क्यापसका सबै प्रध्यापकहरुबाट करिब ६१ हजार सहयोग प्रद्धान भैसहेको छ ।

उनको दुवै मिर्गौलाले काम गर्न छोडेपछी प्रत्यारोपण गर्नुपर्ने भएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेकोले परिवारले सहयोगको याचना गर्दै आएका छन् ।

उनको उपचारको लागी सहयोग जुटाउन बागेश्वरी क्यापसका बिद्यार्थी, प्राध्यापक र कर्मचारीको साथै भिभिन्न क्षेत्रका व्याक्तित्वहरुले आ-आफ्नो क्षेत्रबाट टेकलाल केसी बचाउ अभियान सन्चालन गरिरहेका छन् ।

मिर्गौला पिडित केसिलाई सहयोग गर्नका लागि ग्लोबल आइएमई बैङ्कको खाता नं ८३०७०१०००४८४४ मा आर्थिक सहयोग सक्नुहुनेछ । यसको लागी बागेश्वरी बहुमुखी क्यामपसका उपप्राध्यापक तथा अभियानका आर्थिक संयोजक एकराज शर्माको सम्पर्क नम्बर ९८५८०३११६७ मा सम्पर्क गरी रकम उपलब्ध गराउन सक्नुहुने छ ।