यसरी लुकाइन्छ चर्चमा हुने यौन उत्पीडन
काठमाडौं, इसाई धर्मालम्बीले प्रार्थना गर्ने चर्चहरुमा पादरी एवं उनका सहयोगीहरुले यौन शोषण गर्ने गरेको र त्यसलाई बाहिर आउन नदिन नियम नै बनाउने गरेको खुलेको छ। बालबालिकालाई माथि समेत यौन शोषण गर्ने पादरीहरुले गरेको अपराध लुकाउन पोप सम्बन्धी मामिलाको गोपनीयता नामक एक नियम लागु गर्ने गरिएको छ, जुन पादरीहरुले गरेको अन्याय लुकाउने हतियार बनिरहेको छ।
इसाई धर्मका प्रमुख पोप फ्रान्सिसीले पादरीहरुको गोपनीयता राख्न बनाइएको भनिएको ुपोन्टिफिकल सेक्रेसीु लागु नहुने बताएका छन्। चर्चभित्र हुने यस्ता घटनाहरुलाई बाहिर ल्याउन यो कदम चालिएको पोपले दाबी गरेका छन्। विश्वभर नै चर्चहरुमा बारम्बार यौन शोषणका घटनाहरु हुने र तीमध्ये एकाध मात्र बाहिर आउने गरेका छन्।
पीडितको निजत्व र अभियुक्तको प्रतिष्ठामा धक्का पुग्ने भन्दै यौन शोषणपछि पनि यस्ता घटनालाई बाहिर ल्याउन नदिने खेल हुन्थ्यो। मङ्गलबार जारी गरिएको पोप सम्बन्धित नयाँ दस्तावेजअनुसार अबदेखि उत्पीडन भोगेका मानिसहरुले शिकायत गर्न सक्नेछन् र यसलाई चर्चले गुपचुप बनाउन पाउनेछैन।
तर चर्चभित्रै हुने अपराध बाहिर ल्याउन पीडितहरु कसरी सक्षम हुन्छन् या यसबारे जानकारी लिन पोप आफैं विश्वभरका चर्चहरुमा घुम्छन्, यसबारे सो दस्तावेजमा केही उल्लेख छैन। गत फेब्रुअरीमा भएको भ्याटिकन सम्मेलनमा चर्चका धार्मिक नेताहरुले यौन अपराध लुकाउन बनाइएका नियम समाप्त पार्न माग गरेका थिए। यसो गर्दा प्रहरी तथा न्यायिक संस्थाले चर्चबाट घटनाबारे जानकारी लिन पाउने र पारदर्शीता बढ्ने बताइएको थियो।
बलात्कार र यौन शोषण हुन नहुने बताएपनि पोपले यो मामिलामा दोहोरो धारणा राखेका छन्। यौन उत्पीडनसँग जोडिएका जानकारी प्राप्त भएपनि त्यसको सुरक्षा, सच्चाई र गोपनीयताबारे अझैपनि ध्यान राख्नुपर्ने फ्रान्सिसीले बताएका हुन्।