प्रहरी प्रवक्ता विश्वराज पोखरेलको सरुवा
प्रकासित मिति : २०७६ पुस २, बुधबार २०:१०
प्रकासित समय : २०:१०
काठमाडौँ, प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । एसएसपीबाट डीआईडीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए ।
यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए । अब फेरि थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ।