अमेरिकाले दियो नेपाली सेनालाई दुुई विमान

काठमाडाैँ, नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई विमान हस्तान्तरण गरेका हुन् ।

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
काठमाडौँ, २ पुुस ः अमेरिकी सरकारले नेपाली सेनालाई सहयोग स्वरुपउपलब्ध गराएको दुुई वटा एम २८ स्काई ट्रक । तस्वीर ः नारायण न्यौपाने÷ रासस

छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको ति विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । अमेरिकी सरकारबाट प्रदान गरिएको यो सबैभन्दा ठूलो सुुरक्षा अनुुदान हो ।

दुुई हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यीे विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्ने जनाईएको छ ।

तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ ।

यी दुुई विमानको मूूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ । यी दुुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी सात वटा विमान र १५ हेलिकप्टर भएका छन् ।