पटक पटक जन्मिनु नै साहित्य हो जस्तो लाग्छ
भनिन्छ साहित्य संसार हो, ब्रमाण्ड हो र यो गन्तव्य पनि हो । साहित्य जिवन हो र यसको गोडमेल गर्न जरुरी छ । हाम्रो जस्तो देशमा साहित्यलाई निचोर्न खोजिन्छ । घर परिवारदेखि बाहिर सम्म । साहित्य जन्माउन कुनै कपि गर्नु पर्दैन । गरिबी र संघर्षका उपजहरुलाई जन्म दिनु नै साहित्यिक जन्म हो । मानिसहरु यसलाई बाराम्बार चितामा पर्याउन खोज्दछन् आफ्नादेखि परसम्मकाले । त्यही चिताबाट उठेर पटक–पटक जन्मिनु नै सायद साहित्य र जिवन जस्तै लाग्छ मलाई ।
साहित्यलाई धेरै जसोले गन्तव्य बिहीन बनाउन खोज्दछन् । यो भित्रको विश्वसनीयता देख्न सक्दैनन् । साहित्य विश्व पहिचान हो । यो नेतृत्व पनि हो । सामान्यता नेता, मन्त्री, राजनैतिज्ञहरुले साहित्यलाई निचोरेर आफ्नो नाम जमाउन खोज्दछन् तर साहित्य निचोरेर निचोरिन्न । यो त झन फस्टाउँछ । गन्तव्य, साहस र संघर्षमा रमेर यसले अध्यारो ठाउँमा बत्ति बालिरहन्छ । वास्तवमा साहित्य आफैसँग परिचित छ ।
साहित्यलाई समर्थन गर्न घरदेखि परसम्म हुँदैनन् । यसलाई चिन्ने मानिस चामलमा बियाँ जस्तो हुन्छ । संसारमा साहित्यको भूमिका राजनीतिक खेल भन्दा धेरै उचाईमा छ । यसले व्यक्ति, परिवार, देश र संसारको नेतृत्व गर्दछ । जहाँ असहज वातावरण हुन्छ । त्यहाँ साहित्य जन्मन्छ । साहित्यको भूपरिधि नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रप्रमुखको चाकडी हैन । म जस्तो बनाउँछु भन्नेहरुको शब्दले बाटो रोके पनि त्यही भित्र विद्रोहको पाटो साहित्य जन्मिन्छ । साहित्य संघर्ष र त्याग हो ।
शब्दहरु चिरी सत्यताको गहिराईमा पुग्दछन् । साहित्यिकफाँट सीमारहित हुन्छ । यो यदि फराकिलो छ कि, ब्रमाण्ड जस्तै छ । साहित्यले दुस्मन र कुरौटेको बाटो छिनाएर सत्यवादीतिर उठाउँदछ ।
त्यसलाई माया गर्ने मान्छे हुँदैन । बरु पैसाको पछि लागि हिड्नेको ओइरो देखिन्छ । साहित्यलाई सम्मान गर्र्ने मान्छेहरु कम छन् । हाम्रो समाजमा कार, जहाज, हेलिकप्टर, महङ्गा लुगा र गहना किन्नेलाई सबैले सम्मान गर्दछन् र चिन्दछन् अनि प्रसंशा पनि हुन्छ । यही नै राम्रो र असल ठहरिन्छ । शिक्षा कार्यालयदेखि अन्यन्त्रसम्म साहित्यलाई वास्ता नै गर्दैनन् र चिन्र्दैनन् । साहित्य वास्तवमा सीप र क्षमता हो । बौद्धिक र उच्च ओहदाको सोच र पाईला हो । जुन सगरमाथा भन्दा पनि उचाईमा छ ।
साहित्यको सोचले संसार यात्रा गरिसकेको छ । साहित्य एकान्तमा कोरिन्छ यसले गलत संगतलाई छोडिदिन्छ । यसले धोका तिरस्कारका घाउमा मलम लगाएर बिउझाउने प्रयत्न गर्दछ । साहित्य एक असल अभिभावक हो । जहाँ अक्षर नै अक्षरको घर बनाएर बाँच्न सिकाउछ र सडकबास हुनबाट तर्काउछ । त्यसैले साहित्य मुटुलाई बचाउने र दिमागलाई सचाउने औजार हो । जसले द्धन्द्धका घाउहरुलाई मलम पट्टी लगाएर बचाउन र इतिहास उठाउन सहयोग गर्दछ । त्यसैले साहित्य एक धारिलो औजार पनि हो ।
जसले चिताबाट उठाएर बाँच्न सिकाउँछ । समाजमा साहित्यक व्यक्तित्वलाई पागलपनका संज्ञा दिएको पाइन्छ । सामान्य मानिस, मन्त्रीहरु पनि साहित्य भित्रको साहास र बौद्धिकतालाई जान्न खोज्दैनन् । भोग, विलास र पैसामा रमाउँछन् । साहित्य वास्तवमा यस्तो औजार हो, जुन संसारका राष्ट्र प्रमुख, राजा, मन्त्रीहरु भन्दा पनि उचाईमा जन्मिन्छ । यो कसैको सिकाइ भन्दा पनि आफै जन्मिने दस्तावेज हो ।
साहित्यिक गुणगान धेरै जसोको मरे पछि मात्र सुनिन्छ तर बाँच्दैमा सम्मान र गुणगान पाउनु पर्ने, गाउनु पर्ने हो जो कोहीले पनि । साहित्यिक कृतिहरु दिमागको गर्भबाट जन्माएका सृजित सन्तानहरु हुन् । सधैै अमर र जिवित हुन्छन् । राजनैतिक खेल र षड्यन्त्रका खेलहरु ढलाउँछन् । शब्दहरु चिरी सत्यताको गहिराईमा पुग्दछन् । साहित्यिकफाँट सीमारहित हुन्छ । यो यदि फराकिलो छ कि, ब्रमाण्ड जस्तै छ । साहित्यले दुस्मन र कुरौटेको बाटो छिनाएर सत्यवादीतिर उठाउँदछ ।
संसारको कुनाकुना र ढुङ्गाको कापबाट पनि साहित्य जन्मन्छ । साहित्य यो यस्तो आभूषर्ण हो जसले गरिबी र संघर्षमा पनि उच्च ओहोदाको जिवन र संस्कार व्यतित गरिरहेको हुन्छ । साहित्य एक यस्तो बिधा हो जसले एकान्तको आभाष हुन दिन्न र चिताबाट ब्यूझाएर खुशीको आभास दिन्छ । साहित्यकारको लागि गन्तव्य हो, जिन्दगी हो, बाँच्ने झिनो आशा हो । डोरी लगाएर पासो लगार्ई मर्न दिन्न ।
यसले कठोर तपस्या र जिवन बनाउन सिकाउँछ । यसले इतिहास कोरी भविस्य बनाई वर्तमानमा बाँच्न सिकाउँछ । यो चिता पछिको जिउने कला हो । आजकाल जताततै साहित्यिक धरातल सुख्खा बनेको छ । नैतिकतामा खडेरी परेको छ । कतै पनि यसको पालनपोषण छैन ।
साहित्यसंग बाँच्ने मान्छे घरपरिवार आफन्त वा अन्य कही आँखी बन्छ । साहित्यसँग बाँच्ने, नाँच्ने ऊर्जा हुन्छ । यथार्थलाई चिरेर उठाउने औजार हुन्छ । यसलाई जरैदेखि मौलाउन दिनुपर्छ । कतिपय असल पत्रकारले यसलाई ऊर्जा दिएका छन् । साहित्यले राष्ट्रको इतिहास र अस्तित्वलाई जोगाएर संसार परिवर्तन गराउँदछ । यसले अटल, अमर लेख्न र सभ्यताको पहिचान दिलाउँछ ।
साहित्यलाई छड्र्के आँखाले नहेरौं । यो त सदैव सकारात्मक सोचसँग लम्किरहन्छ । विश्राम बिना नै साहित्यिक मलम पट्टी दरिलो हुन्छ । पागल र डिप्रेसनका सिकार बनाउन खोज्ने समाजका पागलहरु बिरुद्ध लडाईमा जित्न सफल हुन्छ । त्यसैले साहित्यिक धरातलले चिताको पागलपनको वस्तीबाट उठाई सभ्य साथ दिन्छ र अरुलाई पनि सभ्यताको पाठ सिकाउँछ । साहित्यलाई सजाउन, सिर्गान र गोडमेल गर्नुपर्छ ।
यसलाई यातना र आलोचना होइन, हेरबिचार र माया चाहिन्छ । त्यसैले साहित्य अदभुत बत्ति हो र एक ऐना हो । जसले सबै कुरा छर्लङ्ग बनाइदिन्छ । साहित्यले चिहानमा पनि सास दिई उठाउँछ । यसले मानसिक रोगीलाई पनि निको पारेको छ , यसले अस्वथ दिमागलाई पनि स्वस्थ्थ बनाएको छ ।
त्यसैले एकान्तमा रम्ने मानिसले साहित्यको शिरानी बनाउँदछ । साहित्य अस्लिलताको बिरोधको पहिचान हो । यसले कसैलाई उराल्ने कसैलाई पछार्ने गर्दैन । सदैव सत्यताको बाटो छानी रहन्छ । यो संस्कार र सभ्यताको पहिचान हो । यसले घरपरिवार, समाज, देश र संसारलाई परिवर्तन गराएर सत्यतामा लम्कन्छ ।
यो आफैमा बैधानिक छ । यो नैतिकताको खडेरीमा पनि नैतिकतासँग जन्मिन्छ र हुर्कन्छ । यो आफै स्वाभिमानी र आत्मनिर्भर हुन्छ । यसले नैतिकताको खडेरीमा पनि मलजल दिएर बु्रजुवा शिक्षा र यसका उत्पादनलाई परिवर्तन गराउँछ । साहित्य संसारलाई हलचल गराउने क्षमतावान शक्ति हो । यो निडर छ, अथाह छ र अमर पहिचान हो । कहिल्यै नरित्तिने र नसिद्धिने अदभूत शक्ति हो ।
यो अविरल बगिरहन्छ । साहित्य भिरपहरामा पनि फुलिरहन्छ । त्यसैले साहित्यलाई निमोठ्ने,निचोरर्ने नगरौं । यसलाई जोगाएर सजाऔं । अनि देश पनि सजिन्छ । विश्वपरिधिमा साहित्यलाई निरन्तरता दिने पहुँच हुनुपर्दछ । जबकी साहित्यले विश्व शुरुवातको इतिहास कोट्वाइ वर्तमान र भविश्यलाई उज्यालो दिशातिर उन्मुख बनाउँदछ । संसारमा साहित्यको खोजतलास विकसित मुलुकले मात्र गर्दछ ।
पैंयू गाउँपालिका–७, पर्वत, हालः र्कीतिपुर