जाडो बडेसंगै नेपालगन्जमा बढे चोरीका घटना,प्रहरी भन्छ कम गर्छौँ
नेपालगन्ज,बाँके जाडो बढेसंगै नेपालगन्जमा बिभिन्न चोरीका घटना बड्न थालेका छन । जाडोको मौका छोपी लुटेराहरुले चोरीका घटना बढाउन थालेका हुन । शनिबार मात्रै रोयल कर्णाली मोबाइल पसलबाट ९ वटा मोमाइल चोरी भएको थियो । सोमबार राति नेपालगन्जका बिभिन्न स्थानबाट मोटर साइकल चोरी भएका छन । त्यस्तै धम्बोझी चोकमा रहेको एउटा पसल समेत चाेरी भयाे ।

त्रिभुवन चोक नजिकै चोरहरुले चोरेर बाटोमा अलपत्र छोडेको मोइन अन्सारीको रातो अपाची .
नेपालगन्ज वडा न,८ को अतउल्ला अन्सारी भे ३ प ९४२८ भे ७ प ४५५४ नंको मोटर साइकल चोरी भएको बताइएको छ । दुईवटा मोटरसाइकल मध्य भे ७ प ४५५४ नंको मोटरसाइकल त्रिभुवनचोक र बिपीचोकको बिचमा भेटिए पनि अर्को माेटरसाइकल भने नभेटिएको पिडीत अन्सारीले जानकारी दिए ।

खाेलेकाे अबस्थामा माेटरसाइकल
वडा नं ११ बस्ने मोईन अन्सारीको अपाची अर्को १५० सिसिको रातो पल्सर एकसाथ चाेरी भएका हुन । मोटर साइकल चोरहरुले साँझपख चोरी गरेको बताइएको छ । एउटा मोटरसाइकल सबै तोडफोड गरेको अबस्थामा बाटोमा भेटिएपनि पल्सर भने भेटिएकाे छैन ।
कहाँ पुग्याे‘कम्युनिटी साईरन’जडानको प्रक्रिया ?
बाँके प्रहरी प्रबक्ता डीएसपी शिब सिंहका अनुसार प्रहरीले चोरीका घटनाहरुलाई कमि गर्न जनप्रतिनिधहरुसंग छलफल परामर्श अगाडि बढाएको छ । प्रहरी र जनप्रतिनिधकाे समन्वयमा चाेरी र लुटपातका घटना कमि गर्न उनले ‘कम्युनिटी साईरन’ जडान गर्न जनप्रतिनिधसंग छलफल अगाडि बडाएको जानकारी दिए । सिंहका अनुसार बाँके प्रहरीले दिर्घकालीन योजना अनुसार अगाडि सारे पनि अभियानात्मक रूपमा ठाेस नभएकाे जिकिर गरे ।
उनले भने बाँके प्रहरीले नेपालगन्जमा ‘चोरको घण्टी’ बजाउने योजना अघि सारेको छ यसमा सबैकाे साथ चाहिन्छ । सिंहले भने चोरी घटना न्यूनिकरणका लागि मोबाइल गस्ती सिभिल प्रहरी परिचालन लगायतका योजना अगाडि बडाइएको छ ।
कस्तो छ त प्रभाव
प्रहरीले चोरीका घटना कम गर्ने बिभिन्न योजना अगाडि बडाए पनि बर्षेनी चोरीका घटनामा भने कमि देखिएकाे छैन । बरू बिभिन्न सिजनअनुसार बृद्धी भएको पाइएको छ । तुलनात्मक रुपमा चोरीका घटना बढेका छन । धम्बाेझी, बिपीचाेक जस्ता ब्यस्त चाेकबाट चाेरी हुनुलाइ बाँके प्रहरीकाे प्रहरीकाे संबेदशिलतामाथि भने प्रश्न चिन्ह खडा हुन्छ नै । जानकारका अनुसार नेपालगन्जमा ‘चोरको घण्टी’ बजाउने योजना या जुनसुकै अभियान अघि सारे पनि ति योजना भने बालुवामा पानी खन्याए जस्तै भएका छन ।