शौचालय गएका रोशन फर्किएनन्
प्रकासित मिति : २०७६ पुस १, मंगलवार १०:२७
प्रकासित समय : १०:२७
कैलाली,शौचालयमा लडेर धनगढीमा एक युवाको ज्यान गएको छ। धनगढी उप–महानगरपालिका ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको हो।
सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो, तर केही बेरमै उनको ज्यान गयो। चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले शौचालयमा लडेका कारण ज्यान गएको बताए ।
‘बाहिर चोट छैन भित्र हुन सक्छ’ उनले भने, ‘शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।