नेपालगन्जमा ह्वात्तै बड्यो जाडो ,जनजिवन कष्टकर
प्रकासित मिति : २०७६ पुस १, मंगलवार १९:४१
प्रकासित समय : १९:४१
नेपालगन्ज, बाँके नेपालगन्ज एक्कासी ह्वात्तै जाडो बढेपछि यहाँको जनजिवन प्रभावित भएको छ । नेपालगन्जमा घाम नलागेपछि शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बनेको हो।
बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएपछि नेपालगन्ज लगायत पश्चिम तराइको जनजीवन कष्ठकर बनेको छ । जाडो बढेपछि नियमित काममा समेत अप्ठयारो पर्नुको साथै अत्याधिक चिसोको कारण सर्बसाधारणलाई घरबाहिर निस्कन असहज भएको छ ।
हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि सर्बसाधारण नेपालगन्जका बिभिन्न स्थानमा आगो बालेर तापीरहेका छन ।