गोरु ब्यापार गर्न पर्यो भन्दै प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
प्रकासित मिति : २०७६ पुस १, मंगलवार २१:३४
प्रकासित समय : २१:३४
काठमाडाैँ, स्याङ्जामा प्रहरीलाई आर्थिक प्रलोभन देखाइ तस्करी गर्न खाेज्ने एक जना पक्राउ परेका छ्न् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार रुपन्देही जिल्ला बसन्तपुर गाउँपालिका-४ घर भइ हाल वालिङ नगरपालिका-८ बस्ने ५१ वर्षीय जहरुदीन मिया पक्राउ परेका हुन् ।
मियाले वडा प्रहरी कार्यालय वालिङका प्रमुखको कार्यकक्षमा गएर गोरु ब्यापार गर्न पर्यो समस्याकाे समाधान गरिदिनु पर्याे भन्दै पैसा दिएका थिए ।
उनले पन्ध्र हजार टेबलमा राखिदिएको निरीक्षक घिमिरेको भनाइ छ । मियालाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको घिमिरेले बताए ।