कलाकार आचार्यले गरे मिर्गौला पिडित केसिको उपचारको लागी २५ हजार सहयोग

कोहलपुर, मिर्गौला पिडित टेकलाल केसीलाई चर्चित हास्य कलाकार शंकर आचार्यले २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । मंगलवार बाँकेको कोहलपुर नगरपालिका वडां नं१२ बस्ने मिर्गौला पिडित ३१ बर्षिय केसीको उपचारको लागी भन्दै टेलिफिल्म भद्रगाेल लगायतका बिभिन्न चलचित्रहरूमा काम गरिसकेका  हास्य सिनेमा क्षेत्रका चर्चित कलाकार शंकर आचार्यले सहयोग गरेका हुन् ।

मिर्गौला रोगवाट पिडित केसी बिद्यार्थी नेता तथा बागेश्वरी बहुमुखी क्याम्पसका निबर्तमान स्वबियु सचिब समेत हुन् । उनको दुवै मिर्गौलाहरुले काम गर्न छोडेपछि प्रत्यारोपण गर्नु पर्ने भएको छ  ।  परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या परेकोले परिवारले सहयोगको याचना गर्दै आएका छन् । उनको उपचारको लागी टेकलाल केसि बचाउ अभियाननै सन्चालन गरिएको छ ।

मिर्गौला पिडित केसिलाई सहयोग गर्नका लागि ग्लोबल आइ।एम।ई।बैंकको खाता नं ८३०७०१०००४८४४ मा आर्थिक सहयोग सक्नुहुनेछ । यसको लागी बागेश्वरी बहुमुखी क्यामपसका उपप्राध्यापक तथा अभियानका आर्थिक संयोजक एकराज शर्माको सम्पर्क नम्बर ९८५८०३११६७ मा सम्पर्क गरी रकम उपलब्ध गराउन सक्नुहुने छ ।