सास फेर्नु मात्रै जिन्दगी होइन्

सास फेर्नु मात्रै जिन्दगी
मानिदैन साथी,
जिउनु को मजा त्यतिखेर छ,
जतिबेला कमजोरका लागि
हामी हात बढाउछौ !

आवाज निक्लनु मात्रै बोलेको
मानिदैन साथी,
बोल्नुको मजा त्यतिखेर हुन्छ,
जब तिम्रो एक आवाज हजारौं
आवाज विहिनहरुको एउटै स्वर बन्छ !

पाइला चाल्नु मात्रै हिडेको
मानिदैन साथी,
हिड्नुको मजा त्यतिखेर हुन्छ ,
जब तिम्रो एक पाइलाले
हजारौं माइलको यात्रा तय गर्छ !

ए ग्रेडका डिग्रीले मात्रै पढेको
मानिदैन साथी,
पढ्नुको मजा त्यतिखेर हुन्छ,
जब आफुले पढेको विषयले
अरु थुप्रैको जीवन सार्थक बन्छ !

महिनैपिच्छे तलब बुझ्नु मात्रै जागीर
मानिदैन साथी,
जागीर खानुको मजा त्यतिखेर हुन्छ,
जब आफ्नो जागीरे जीवन तिमिले
विना भ्रष्टाचार बिताउन सक्छौ !

फेस्बुके स्टाटसले मात्रै देशभक्त
मानिदैन साथी,
देशभक्त हुनुको मजा त्यतिखेर हुन्छ,
जब सिमारक्षा का लागि उठेका
इट्टाहरुमा तिम्रो हात खाली रहदैन !

आँखा बन्द गर्नु मात्रै निदाएको
मानिदैन साथी,
निदाउनुको मजा त्यतिखेर हुन्छ,
जब बिहानको भोक टार्ने सुर्ता
बेलुकी खाने बेलामै सकिन्छ !

त्यसैले साथी ,
क्रान्तिकारीहरुलाई
कहिल्यै नभन्नु,
के यसरी नै तिम्रो जीवन बित्छ त ?

किनकी,
सास फेर्नुलाइ मात्रै जिन्दगी
मानिदैन साथी !!
सास फेर्नुलाई मात्रै जिन्दगी
मानिदैन साथी !!