पत्रकार ढुंगाना सेजनको उत्कृष्ट पत्रकारीता पुरस्कारवाट सम्मानित

नेपालगञ्ज, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड वाट सम्मानित गरेको छ ।जिल्लामा रहेर स्थानीय स्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार ढुंगानालाई नगद र प्रमाणपत्र सहित सम्मा गरिएको हो ।

सेजनले अमेरिकी दुतावास संगको सहकार्यमा स्थानिय निकायका कर्मचारी र पत्रकारहरुका लागि संघीय संरचनामा बजेट निर्माण र वित्तिय पार्दर्शिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अमेरिकी दुतावासका प्रवत्ता एन्डी डी अरमेन्ट र नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धवल शमसेर राणाले नगद २५ हजार र प्रमाणपत्र सहित पत्रकार ढुङ्गानालाई सहयोग प्रदान गरेका हुन ।

ढुंगाना कारोवार दैनिक तथा एपिवन टेलिभिजनका बाँके संवाददाता हुन् ।