नेपालगन्ज एयरर्पोट चोकमा रहेको प्रहरी बिट नै बन्यो फोहर राख्ने भाँडो
प्रकासित मिति : २०७६ मंसिर २९, आईतवार १९:२०
प्रकासित समय : १९:२०
नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझाँ एरर्पोट गेटको प्रहरी बिट फोहर राख्ने भाडाँ भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० एयरर्पोट चोकमा रहेको प्रहरी बिट फोहर राख्ने डंगुर राख्ने भाडो बनेको हो ।
सरोकारवाला निकायले वास्ता नगर्दा एयरपोर्ट गेटमा रहेको बिट अलपत्र बनेको स्थानिय युवा फडिन्द्र बुढाथोकीले गुनाशो गरे । बुढाथोकीका अनुसार यसलाई प्रयोगमा नल्याउने भए किन बनाउनु परेको होला ।
जनजक्तिको बहाना बनाएर प्रहरी नराखेको बताइए पनि एयरपोर्ट जस्तो संबेदनशिल क्षेत्रमा प्रहरी बिट यो हालतमा रहनु दुखद भएको बताए । उनले सडकलाई भार हुनेगरी राख्नु भन्दा कि हटाउनुपर्ने कि प्रहरी राख्नु पर्ने बताए ।
नेपालगन्ज प्रहरीका अनुसार आबश्यक जनशक्ति अभावका कारण राख्न नसकिएको बताइएको छ । नेपालगन्जमा मात्रै १५ देखि २० वटा प्रहरी बिट अहिले पनि प्रयोगविहीन छन्।