दम्दालाका सुन्तलाले लियो बजार

जाजरकोट । सुन्तला पाक्ने सिजन सुरु भएसँगै कुशुे गाउँपालिका ५ दम्दालाका सुन्तला हिजोआज जाजरकोटका विभिन्न बजारमा भित्रिएका छन । गत बर्षको तुलनामा यसबर्ष जाजरकोटमा सुन्तला उत्पादनमा बृद्धि भएसंगै जाजरकोटका बिभिन्न बजारमा दम्दालाका सुन्तलाले बजार लिएका हुन ।

उपयुक्त मौसम, उचित बर्षा र उत्पादन क्षेत्र बृद्धि भएकोले यसबर्ष सुन्तला उत्पादनमा बृद्धि भएको हो । जाजरकोटको कुशे गाउँपालिकाको वडा नं. ५, ६ र ८ मा धेरै सुन्तला फल्ने भएकोले कुशे गाउँपालिकालाई प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजनाले सुन्तला जोनको रुपमा विकास गरेको छ । कुशेगाउँपालिका मात्रै नभएर भेरी नगरपालिकाको वडा नं. १० र नलगाड नगरपालिकाको वडा नंं ३ मा पनि सुन्तला उत्पादन हुदै आएको छ ।

जाजरकोट जिल्लाको ५ सय हेक्टर जमिनमा सुन्तला खेती हुदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसबाट यो बर्षमा ६ सय १२ टन सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा यसबर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।

यस बर्ष २ करोड ४५ लाख १३ हजार ६ सय रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिए । यो बर्ष सुन्तलाबाट राम्रो उत्पादन भएपछि उचित भण्डारणको अभावमा खेर जाने चिन्तामा रहेको कुशेगाउँपालिका ५ ढिमेका किसान शक्ति बहादुर वलीको भनाई छ ।

उनको बार्षिक १० लाख बढि आम्दानि हुने गरेको छ । सुन्तला बजारिकरण तथा व्यवस्थापनकोलागि स्थानिय सरकारले सहयोग गर्नुपर्ने स्थानिय डिल्ली बहादुर थापाको भनाई छ । उता किसानको समस्यालाई मध्यनजर गरेर सुन्तला भण्डारकोलागि १० लाखको लागतमा सेलार स्टोर बनाएर ३० क्वीनटल क्षमता भएको घर निर्माणको थालनि गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोनका प्रमुख टंक प्रसाद रिजालले बताए ।

हाल किसानलाई सजिलोको लागि सुन्तला टिप्न भ¥याङ्ग, खाडल खन्ने औजार जस्ता सामान समेत वितरण गरेको र १ सय हेक्टर जमिनमा लगाउने ३५ हजार सुन्तलाको विरुवा समेत जोनले वितरण गरेको छ ।

किसानले उत्पादन गरेको सुन्तलाको लागि बजारको अभाव भएको रिजालको भनाई छ । उत्पादन भएको सुन्तला बाहिर जिल्लामा लिनुपर्ने भएकोले किसानलाई ढुवानीमा अनुदान समेत उपलब्ध गराउने प्रमुख रिजालले बताए ।  जाजरकोटमा बजार नभएपछि सुन्तला विक्रिगर्न रुकुम, सल्यान, सुर्खेत, नेपालजञ्ज लगायतको विभिन्न बजारमा लग्नुपर्ने बाध्यता रहेको प्रमुख रिजालले बताए ।