सिन्धुपाल्चोकमा बस दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु भएको आशंका

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको आशंका गरिएको छ।सिन्धुपाल्चोक प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार कालिञ्चोक दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाँउपालिकाको-६ स्थित स्वारामा दुर्घटना भएको हो। उनका अनुसार घटना दर्जनौ घाइते भएका छन्।

‘घटनास्थलमा ८-१० जनाको मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ, एकिन मृतक संख्या केही समयपछि थाहा हुन्छ’, सेतोपाटीसँग उनले भने।
एसपी महर्जनका अनुसार दुर्घटनामा परेको गाडी भक्तपुरबाट कालिञ्चोक दर्शन गर्न गएको रिजर्भ गाडी हो।

उनले घटनाका घाइतेहरूलाई नजिकको स्वास्थ्य संस्था तथा केहीलाई धुलिखेल अस्पताल लगिएको छ।