जब सिँढी चढ्दाचढ्दै भारतीय प्रधानमन्त्री मोदी लडे….(भिडियोसहित)

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् । दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए ।

हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ ।

सिँढीमा लडेपछि उनलाई तत्काल अङ्गरक्षकले उठाएका थिए । अटलघाट गंगामा यात्रा गरिसकेपछि सिँढी चढ्दै गर्दा खुट्टा चिप्लिएपछि उनी लडेको भिडियो क्लिपमा देखाइएको छ ।

यस्तो छ भिडियो