जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

मकवानपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।