सत्तारूढ नेकपाका केन्द्रीय सदस्य सबै चीन भ्रमणमा जाने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीका सबै सदस्य चीन भ्रमणमा जाने भएका छन् । ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्यलाई यस वर्षभित्र चीन भ्रमण गराउने योजना रहेको नेकपाले जनाएको छ ।

छुट्टाछ्ट्टै समूह बनाई चीन भ्रमण गराउने योजना बनाइएको हो । राजधानी दैनिकमा खबर छ ।