दाङको गढवास्थित एक घरमा बम विष्फोट
प्रकासित मिति : २०७६ मंसिर २५, बुधबार २२:०३
प्रकासित समय : २२:०३
दाङ ,दाङको गढवास्थित एक घरमा बम विष्फोट भएको छ। गढवा गाउँपालिका २ कोठरीस्थित ४३ वर्षीय धनश्याम चौधरी बसेको दुईतले घरमा बुधबार दिउँसो साढे दुई बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार विष्फोट भएको घरमा घरधनी थिएनन्। उक्त घनश्याम चौधरीले घर भाडामा लिएरका थिए। घरको माथिल्लो तलामा एक सहकारी संस्थाको कार्यालयसमेत राखिएको प्रहरीले बताएको छ। प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
अनुसन्धानका क्रममा माछा मार्ने भनी विस्फोटक पदार्थ जिलेटिल ल्याएर घरमा राखेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए। घरभाडामा बसेका चौधरीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।